मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियारसहित २ युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय रंगेली र पोखरियाको संयुक्त टोलीले बुधबार बिहान विशेष सूचनाको आधारमा उनीहरूलाई घरमै छापा हानी पक्राउ गरेको हो।
प्रहरीका अनुसार स्थानीय दिनेश मण्डलले भुस राख्न बनाएको छाप्रोमा प्लास्टिकले बेरिएको अवस्थामा ‘मेड इन जापान’ लेखिएको सिक्सर पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुँडालले जानकारी दिए।
सोही स्थानबाट प्रहरीले एक थान खुकुरी, एक थान नक र एक मोबाइल फोनसमेत बरामद गरेको छ। चुँडालका अनुसार स्थानीय दिनेश मण्डलको टाटी–बेरा र टिनले बनेको छाप्रोमा प्लास्टिकले बेरिएको अवस्थामा ‘मेड इन जापान’ लेखिएको सिक्सर पेस्तोल फेला परेको हो।
सोही स्थानबाट प्रहरीले एक थान खुकुरी, एक थान नक र एक मोबाइल फोन पनि बरामद गरेको छ। हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुकै संलग्नतामा हतियार लुकाइएको खुलेको प्रहरीले जनाएको छ। घटनासँग जोडिएका अर्का युवक अन्दाजी २० वर्षीय मुकेशकुमार महतो भने फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया