झापाको हल्दीवारी गाउँपालिका–४ ऐनावारीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
सङ्खुवासभा, चैनपुर नगरपालिका–२ घर भई हाल ऐनावारीस्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा कार्यरत करिब ३० वर्षीय रामकुमार अधिकारीको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अधिकारीको ऐनावारी नजिकैको खोल्सामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाबाट गएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको भद्रपुर पठाएको प्रहरीले जनाएको छ।
42
Shares

प्रतिक्रिया