कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम र मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेबीच लामो समयदेखि चलिरहेको विवाद चुलिँदै गएको छ। सोमबार मन्त्री हाङ्गामले सचिव पाण्डे चढ्ने सरकारी गाडीको चावी चालकमार्फत खोसेका छन्।
सचिव पाण्डेले आफैं चावी खोसिएको पुष्टि गरेका छन्। उनका अनुसार, मुख्यमन्त्री कार्यालयमा छलफलमा सहभागी भएपछि बाहिर निस्कँदा गाडी देखिएन। चालकलाई सम्पर्क गर्दा फोन अफ पाइयो। पछि मन्त्रालयतर्फ बुझ्दा मन्त्रीको दबाबमा चावी खोसिएको थाहा भएको उनले जानकारी दिए।
गाडी नपाएपछि सचिव पाण्डे मोटरसाइकल चढेर मन्त्रालय पुगेका थिए।
मन्त्री–सचिवबीचको तिक्तता नयाँ भने होइन। करारका ड्राइभर हटाउने र आफ्ना मान्छे नियुक्त गर्ने मन्त्रीको प्रयासलाई सचिव पाण्डेले अस्वीकार गरेयता सम्बन्ध बिग्रँदै गएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। यसअघि झापामा भएको कर्मचारी विवादमा पनि उनीहरूबीच असमझदारी भएको थियो।
विवाद चर्किएपछि केही समयअघि सचिव पाण्डेको सरुवा भएको थियो। तर सो सरुवा फेरि थमौति भएको छ। पाण्डेले सरुवा थमौति गराएको झोंकमा मन्त्रीले गाडीको चावी खोसेको मन्त्रालयका कर्मचारीहरूको आरोप छ।
‘मन्त्रीले कार्यालयलाई आफ्नो राज्य ठान्छन्, कर्मचारीलाई धम्क्याउने र दादागिरी गर्ने गर्छन्,’ एक कर्मचारीले भने, ‘अब हामी यस्तो व्यवहार सहन सक्दैनौं।’
यस घटनाबारे सचिव पाण्डेले मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराइसकेको जानकारी दिएका छन्।
पछिल्ला दिनमा मन्त्री हाङ्गाम तिब्र विवादमा तानिँदै आएका छन्। मन्त्री हेरफेर गर्ने कुरा चलिरहँदा मन्त्री आफ्ना नजिकका मान्छे करारमा नियुक्त गर्न लागेको र दबाब दिने गरेको मन्त्रालयका कर्मचारी बताउँछन्। यस बारेमा
Shares

प्रतिक्रिया