कोशी


प्रदर्शनकारीले आन्तरिक राजस्व कार्यालय विराटनगरमा आगो लगाए

प्रदर्शनकारीले आन्तरिक राजस्व कार्यालय विराटनगरमा आगो लगाए

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:३९, विराटनगर

जिल्ला प्रशासन कार्यालय मोरङले लगाएको कर्फ्युको बाबजुद विराटनगरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनीलाई तीव्र बनाएका छन्।

विराटनगरको प्रदेश सभा भवनमा प्रवेश गर्नको लागि प्रदर्शनकारीहरू प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। त्यस्तै उनीहरूले आन्तरिक राजस्व कार्यालयमा आगो लगाएका छन्। 

सवारी साधनहरू जलाएका छन् भनेँ कार्यालयमा आगजनी गरेका छन्। प्रदर्शनकारीले इटहरीमा रहेको कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको घरमा तोडफोड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad