कोशी


झापामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते (नामावली)

झापामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते (नामावली)

झापामा बिहीबार बिहान दुर्घटना भएको बस


नेपालखबर
असोज १६, २०८२ बिहिबार १३:५०, विराटनगर

झापामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेटअगाडि बिहान सगरमाथा यातायातको प्र.१-०१-००१ ख ४४५९ नम्बरको बस दुर्घटना भएको हो।

विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गर्दा बिहान करिब ९:३० बजे अनियन्त्रित भई बस पल्टिएको हो। 

दुर्घटनामा सुनसरीको इटहरी–११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र  मोरङको रङ्गेली–२ का ४२ वर्षीय राजकुमार चौधरी (बसका कन्डक्टर) को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १३ जना घाइते भएका छन्।

यी हुन् घाइते-

१) गुलशन राज शर्मा (३८), इटहरी–११ 

२) अंकिता शर्मा (३६), इटहरी

३) मनसुई शर्मा (६), इटहरी, टाउकोमा चोट

४) बिनु शर्मा (३७),  इटहरी, टाउकोमा चोट

 ५) सोमकुमार भुजेल (४२), विराटनगर–२  हातखुट्टामा सामान्य चोट (सहचालक)

६) गंगा लिम्बु (२८), पाँचथर, कुमायक–६, हातखुट्टा, अनुहारमा सामान्य चोट

७)  लोजिहाङ लावती (८), कमल–७, झापा, टाउकोमा चोट

८) सुहाना लिम्बु (२३), पाँचथर, हातखुट्टामा सामान्य चोट

९) मेङ्सो लिम्बु (५), पाँचथर, हातखुट्टामा सामान्य चोट

१०) अनुषा भट्टराई (१७), विराटनगर–१

११) मञ्जु खतिवडा (३६), पाँचथर, हातखुट्टा अनुहारमा सामान्य चोट

१२) राधिका खतिवडा (६०), दमक–१, हातखुट्टा अनुहारमा सामान्य चोट

१३) राकेश लिम्बु, ताप्लेजुङ, फाक्तालुङ–१

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घाइते तथा मृतकलाई बी एन्ड सी अस्पताल पुर्‍याएको छ।

चालक भने दुर्घटनापछि फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad