कोशी


जलेको अवस्थामा गाडी भेटिएको २ दिनपछि पुलमुनि सरोज शर्माको शव फेला

जलेको अवस्थामा गाडी भेटिएको २ दिनपछि पुलमुनि सरोज शर्माको शव फेला

फाइल तस्बिर : आफ्नो गाडीका साथमा सरोज शर्मा


सुमन सुस्केरा
कात्तिक १५, २०८२ शनिबार १४:७, विराटनगर

यही कात्तिक ९ देखि बेपत्ता झापाको शिवसताक्षी नगरपालिका-१०, माईधारका सरोज शर्माको शव फेला परेको छ। त्यस दिन गाडी लिएर घरबाट निस्किएका उनी जति खोज्दा पनि नभेटिएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए।

झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार अनुसन्धानका क्रममा झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका बिच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा शर्माको शव भेटिएको हो। 

घटनास्थल

यसअघि कात्तिक १३ गते उनको गाडी चारआली जंगलमा जलेको अवस्थामा फेला परेको थियो। 

त्यस आधारमा प्रमाण संकलन गरिरहेको प्रहरीले आज बिहान दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शर्माको हत्या गरी गाडी जलाएको र शव बिरिङ खोलामुनि गाडेको तथ्य पत्ता लगाएको हो। 

उनको हत्या आरोपमा प्रहरीले शिवशताक्षी नगरपालिका-१०, माईधार नेपालीको  निवासी २५ वर्षीय सुनील शाह र २६ वर्षीय राहुल शाहलाई पक्राउ गरेको हो।

शर्माको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

हत्यामा अन्य व्यक्ति पनि संलग्न रहेको आशंकामा खोजी तथा हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच आक्रोशित स्थानीयले आरोपित सुनील साहको घरमा तोडफोड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad