राष्ट्रिय सभाको १८ सिट सदस्यका लागि माघ ११ गते चुनाव हुँदै छ।
कोसी प्रदेशबाट राष्ट्रिय सभाको ३ जना सदस्यको लागि निर्वाचन हुने कोसी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। महिला, दलित र अन्य गरी ३ जना कोसी प्रदेशबाट निर्वाचित हुनेछन्।
त्यसका लागि नेकपा एमालेले सोम पोर्तेल, रोशनी मेचे र नेपाली कांग्रेसले सुनिल थापालाई उम्मेदवार बनाउने भएको हो। नेकपा एमालेले पोर्तेल र मेचेको नाम सार्बजनिक गरेको हो भने कांग्रेसले थापालाई अघि सारेको हो।
नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जानकारी दिए। आजै मनोनयन दर्ता हुने भएकोले दलहरु अहिले त्यसको गृहकार्यमा जुटेका छन्।
कोसी प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टीले २ जनाको नाम सार्र्वनिक गरेको छ। अन्य एकजनाको बिषयमा छलफल भइरहेको नेकपाका नेता हर्क नेम्वाङले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय सभा सदस्यको अन्यबाट क्लस्टरबाट तात्कालीन एकीकृत समाजवादीका हेमराज घिमिरे (संखुवासभा) र दलित क्लस्टरबाट तात्कालीन माओवादी केन्द्रका खेमराज सुन्दास (मोरङ)लाई उम्मेदवार बनाउने तय भईसकेको छ। महिलाको टुंगो लाग्न बाँकी छ।
प्रदेश सभा सदस्यको एक सांसदको मतभार ५३ पुगेको छ भनेँ स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ पुगेको निर्वाचन आयोगले जनाएको छ। कोसी प्रदेशमा प्रदेशको कुल मतभार १०१३५ हो जसमा सांसदको ४९२९ र स्थानीय तहका प्रमुख उपप्रमुखको ५२०६ मतभार हो।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोसीबाट ३, मधेसबाट ४, बागमतीबाट २, गण्डकीबाट २, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाको लागि निर्वाचन हुँदैछ।
Shares

प्रतिक्रिया