कोशी


मोरङ ४ मा 'दुई घिमिरे' भर्सेस मोदी: प्रदेशमा हारेकालाई संघको अग्निपरीक्षा

मोरङ ४ मा 'दुई घिमिरे' भर्सेस मोदी: प्रदेशमा हारेकालाई संघको अग्निपरीक्षा

सुमन सुस्केरा
माघ ९, २०८२ शुक्रबार १४:५०, ​विराटनगर

मोरङ क्षेत्र नम्बर ४ को चुनावी मैदान यस पटक निकै रोचक छ। यस क्षेत्रमा दुई चर्चित ‘घिमिरे’ पात्रहरू र नेकपाका नेता अमनलाल मोदीबीच त्रिपक्षीय भिडन्त हुनेछ।

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरे र नेकपा एमालेबाट केन्द्रीय सदस्य भइसकेका जीवन घिमिरेको उम्मेदवारी पछि मोरङ ४ को चर्चा चुलिएको छ। यस क्षेत्रको राजनीतिक समीकरण फेरिएको छ।

अरू दलका कार्यकर्ताको मतबाट निरन्तर चुनाव जित्दै आएका मोदी यो निर्वाचनमा गठबन्धन बेगर चुनाव लड्दै छन्। उनले यसअघि कहिले नेकपा एमाले त  कहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका थिए। 

यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा अरू प्रदेशको भन्दा फरक देखिएको छ। यस पटकको प्रतिस्पर्धाको सबैभन्दा रोचक पक्ष दुवै घिमिरे २०७९ सालको निर्वाचनमा प्रदेशसभाका लागि सोही क्षेत्रको ‘क’ र ‘ख’ बाट पराजित भएका उम्मेदवार हुन्।

प्रदेशको प्रतिस्पर्धामा पराजय व्यहोरेका दुवै नेता अहिले पुनः संघीय सांसदका लागि आमनेसामने भएका छन्। एमाले उम्मेदवार जीवन घिमिरे २०७४ को निर्वाचनमा निर्वाचित भई सामाजिक विकास मन्त्री हुँदा जनपक्षीय काम गरेको दाबी गर्छन्।

पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीसँगको सम्बन्धमा आएको सुधार र स्थानीय कार्यकर्ताको चर्को दबाबपछि मात्र उनले यो निर्वाचनमा टिकट हात पारेका हुन्।

​अर्कोतर्फ, नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदै पार्टी राजनीतिमा उदाएका गुरुराज घिमिरे लामो समय पार्टीको आन्तरिक सत्तामा ओझेलमा परेका थिए। गगन थापा पार्टी महामन्त्री हुँदा पराजित भएका घिमिरे अहिले थापाकै लाइनबाट महामन्त्रीमा निर्वाचित हुँदै प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन्।

यी दुई घिमिरेलाई चुनौती दिइरहेका अमनलाल मोदी भने यस क्षेत्रका पुराना र सफल खेलाडी मानिन्छन्। गरिब परिवारको पृष्ठभूमिबाट आएका मोदीले यसअघिका निर्वाचनमा कांग्रेसका हेभीवेट नेता महेश आचार्य र एमालेका विनोद ढकाल जस्ता नेताहरूलाई पराजित गरिसकेका छन्।

प्रदेशमा हारेका दुई घिमिरेहरूले यस पटक मोदीको विजय यात्रालाई रोकेर संसद् छिर्ने ढोका खोल्ने दाबी  गरेका छन्। पूर्वमन्त्री समेत रहेका जीवन घिमिरेले यो आफ्नो प्रतिस्पर्धा विकास र यसअघि गरेको राम्रा कामको जन परीक्षण भएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad