ad ad

साहित्य


छुरा प्रहारको ६ महिनापछि नयाँ उपन्यास लिएर आए सलमान रुस्दी

छुरा प्रहारको ६ महिनापछि नयाँ उपन्यास लिएर आए सलमान रुस्दी

नेपालखबर
माघ २३, २०७९ सोमबार १४:४०, काठमाडौँ

मरणासन्न हुनेगरी छुरा प्रहार गरिएको ६ महिनापछि लेखक सलमान रुस्दीले नयाँ उपन्यास प्रकाशित गरेका छन्।

‘भिक्ट्री सिटी’ नामक सो उपन्यास १४ औँ शताब्दीको पितृसत्तात्मक सत्तालाई चुनौती दिँदै एउटी महिलाले एक सहरमा शासन चलाएको कथामा केन्द्रित छ।

७५ वर्षीय रुस्दीको यो १५ औँ उपन्यास हो। 

रुस्दीले यो उपन्यास आफूमाथि हमला हुनुअघि नै लेखेका थिए। अझै पनि निको हुने क्रममै भएकाले उनले यो उपन्यासको प्रचारमा भाग लिने छैनन्।

गत अगस्ट १२ का दिन न्युयोर्क राज्यको सतकुआमा छुरा प्रहार भएको थियो।

उनीमाथि छुरा प्रहार गर्ने २४ वर्षीय हादी मतारलाई पक्राउ गरिएको छ। 

सो आक्रमणमा परी उनले एउटा आँखा र एउटा हात गुमाएका छन्। 

प्रेसमा उनको नयाँ उपन्यासले प्रशंसा कमाएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .