ad ad

साहित्य


देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन

देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १४:३७, काठमाडौँ

कवि तथा पत्रकार देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन भएको छ। शनिबार राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमकाबीच उक्त कविता संग्रह विमोचन गरिएको हो। 

संग्रहमा ३८ कविता समावेश गरिएको छ। कोठा, के छ?, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छ लगायतका कविताहरू संग्रहमा समावेश गरिएको हो। 

उनको यो पहिलो कविता संग्रह हो। कवितामा सरल भाषा अपनाएर समाजका विकृति र विसंगतिका बारेमा असन्तुष्टि व्यक्त भएको छ। 

विमोचन कार्यक्रमको प्रमुख अतिथिको रुपमा कवि तथा गीतकार श्रवण मुकारुङ उपस्थित थिए। 

मुकारुङले कविता संग्रहमा संग्रहित कविता पढ्दा कवि देवव्रत नयाँ कविजस्तो आफूलाई नलागेको बताए।

‘ती चरणहरु बुढ्यौली अवस्थासम्म पनि कायमै हुन्छ। तर उहाँको यो कविता पढ्दा लाग्यो, उनी नयाँ कवि होइनन्। उनी निखारिएका कवि हुन जस्तो लाग्यो,’ उनले विमोचन कार्यक्रममा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .