२०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।
मंगलबार बसेको पहिचान कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो।
पुरस्कार रकम ४ लाख २ हजार २ रुपैयाँ रहेको छ। प्रगति राईले लामो समयदेखि महिलाका लागि वंश अधिकार र पहिचानबारे कलम चलाउँदै आएकी छन्।
उनले लेखेको कृतिथाङ्ग्रामा जातीय छुवाछुत, महिलाका लागि वंश अधिकार र पहिचानको आवाज उठाएकी छन्।
उन्मुक्त पुस्ता आन्दोलनका अभियान्तमध्ये एक हुन् प्रकाश गुरागाईं। उनले पहिचानसम्बन्धी लेखन र पत्रकारितालाई एकसाथ अघि बढाइरहेका छन्।
जङ्क्सन पिपलबोटले ६०–७० वर्षअघिको साहित्यिक इतिहासबारे बोलेको छ। आफ्नो कृतिमा उनले त्यसबेलाको राजनीतिक इतिहासबारे पनि चर्चा गरेका छन्।
Shares
प्रतिक्रिया