ad ad

साहित्य


कवि बानियाँ र चित्रकार राई पुरस्कृत

कवि बानियाँ र चित्रकार राई पुरस्कृत

नेपालखबर
चैत १०, २०८० शनिबार १९:२२, खोटाङ

टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ। कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुन्।

साहित्यको माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिए। 

प्रतिष्ठानले छैटौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा आज दुवैजनालाई जनही रु ११ हजार एक सय ११ राशिको पुरस्कार प्रदान गरेको हो। 

कवि बानियाँका ‘जागै छन् शब्दहरु’ र ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन्। उनी राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्षसमेत छन्।

यस्तै चित्रकार राई निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेशनमा कला प्रशिक्षकका रुपमा कार्यरत छन्। दुवैजनालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गरे। 

प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, खेलकुदलगायत क्षेत्रमा विशेष योगदान पु¥याउने प्रतिभालाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको अध्यक्ष एक्लेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .