ad ad

लुम्बिनी


पक्राउ परे दुर्घटनापछि फरार कारका चालक

पक्राउ परे दुर्घटनापछि फरार कारका चालक

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार ६:२४, भैरहवा

ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जानेगरी भएको दुर्घटनाका कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात् कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। 

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए। प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि रु २५ हजारको पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो। सोमबार साँझ नै प्रहरीले बा८च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा तिरपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए। 

फिक्का निलो रङको टाटा भिष्ट कारको टुक्रा घटनास्थलमा भेटिएको थियो। सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .