ad ad

लुम्बिनी


लुम्बिनीका अर्थमन्त्री भन्छन् : भव्य कार्यक्रम गरेरै राजधानी भालुबाङ सार्छौं

लुम्बिनीका अर्थमन्त्री भन्छन् : भव्य कार्यक्रम गरेरै राजधानी भालुबाङ सार्छौं

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १४:५०, बुटवल

लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले अब दाङको देउखुरीबाट नयाँ सरकार सञ्चालन हुने बताएका छन्। त्यसको लागि तयारी तीब्र बनाइएको उनले जानकारी दिए।

रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा गरेको कार्यक्रममा मन्त्री खड्काले प्रदेश सभाले निर्णय गरेको कुरा आफूहरुले कार्यान्वयन गर्न खोजेको उल्लेख गरे। 

दिउँसो नभई छापामार सैलीमा रातारात किन सामान सारेको भन्ने प्रश्नमा प्रदेश सरकारका मन्त्री खड्काले मर्मत सम्हारको लागि केही सामान लगेको भन्दै जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गरेर मात्र औपचारिक रुपमा जाने बताए। 

‘अब बन्ने नयाँ सरकार भालुवाङबाट सञ्चालन हुँदा राम्रो हुन्छ भन्ने हामीलाई लागेको हो। यस विषयमा हामीले निर्वाचित हुनुभएका सांसद कर्मचारीहरु सबैसँग छलफल गर्न खुल्ला छौं’ उनले भने ‘औपचारिक रुपमा तामझामका साथ बुटवलबाट विदा भएर जाने दिन आउँछ। भब्य कार्यक्रम आयोजना गर्छौं।’ 

२०७७ असोज २० गतेको प्रदेश सभाले दाङको देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकेको थियो। 

मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे। उनले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न आग्रह गरे। 

कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित रुपन्देही २ ख का प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताएका थिए। श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्ने उल्लेख गरे।

बिना पूर्वाधार नै बलजस्ती ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .