ad ad

लुम्बिनी


पुस १५ गते सबै प्रदेशका मुख्यमन्त्री लुम्बिनीको राजधानी देउखुरीमा भेला हुँदै

५ वर्षे कार्यकालको समीक्षा गरिने
पुस १५ गते सबै प्रदेशका मुख्यमन्त्री लुम्बिनीको राजधानी देउखुरीमा भेला हुँदै

सुदीप भण्डारी
पुस ८, २०७९ शुक्रबार १२:३४, बुटवल

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री सम्मेलनको तयारी भइरहेको छ। हालै कार्यान्वयनमा आएको प्रदेशको स्थायी राजधानीमा अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीलाई भ्रमण गराउने तयारी भएको हो। 

२०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। त्यसको झन्डै २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो। 

गत मंसिर २८ गते देउखुरीमा मुख्यमन्त्री कार्यालय स्थापना गरी प्रदेश राजधानीको कामकाज सुरु भएको छ। अन्य मन्त्रालयहरू बुटवलबाट दाङ सार्ने काम भइरहेको छ। केही दिनमा देउखुरीमै प्रदेशसभा बैठक पनि सुरु हुँदै छ।

अहिले मुख्यमन्त्री सम्मेलनको तयारी भइरहेको र १५ गतेको मिति लगभग टुंगो लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाले बताए। ‘सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई स्वागत गर्ने, नयाँ राजधानी कस्तो बन्दै छ भन्ने किसिमको ब्रिफिङ गर्ने कुरा छ’, उनले भने ‘,१५ गते गर्ने भन्ने लगभग तय भएको छ। कुन ठाउँमा गर्ने भन्नेबारे छलफल हुँदै छ।’

गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन्। दुवै तहमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ। यो अवस्थामा गत ५ वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक ममिलामन्त्री तिलकराम शर्माले जानकारी दिए।

‘संघीयताको कार्यान्वयन, प्रदेश सरकारको भूमिकाका बारेमा कस्तो भयो ५ वर्ष भन्ने एउटा समीक्षा र अनुभवका कुरा हुने भए’, उनले भने, ‘कतिपय मुद्दाहरू प्रदेशले पनि उठाएको छ। यी कुराहरूको पनि छलफल गरेर आगामी सरकारलाई सुझाब दिने गरि सम्मेलन गर्न लागिएको हो।’

मुख्यमन्त्री कुलप्रसाद केशीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइ, मधेश प्रदेशका लालबाबु राउत, बागमती प्रदेशका राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सरकार प्रमुख त्रिलोचन भट्ट देउखुरी आउने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .