लुम्बिनी


लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

लुम्बिनी केबुलकार


नेपालखबर
साउन १६, २०८० मंगलबार ७:९, लुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल पाँच अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन्। केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबुलकारले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। 

केबुलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई भारतको उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्ने मुख्यमन्त्री चौधरीले बताए। उत्तर प्रदेशका पर्यटकलाई लुम्बिनी र केबुलकारसम्म भ्रमणका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग प्रदेश सरकारले नै वार्ता गरिरहेको उहाँले जानकारी दिए। 

‘लुम्बिनी आइसकेपछि पर्यटकलाई कहाँ जाने भन्ने ठूलो समस्या थियो, केबुलकार बनेपछि उहाँहरुलाई घुम्न र बस्न उत्कृष्ट गन्तव्य भएको छ’, मुख्यमन्त्री चौधरीले भने। निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्न पर्यटकीय पूर्वाधारको प्रवर्द्धन र बजारीकरणमा प्रदेश सरकार निजी क्षेत्रका साथमा रहेको उनले बताए। 

प्रदेश सरकारले नीति तथा कार्यक्रममै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै उहाँले लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा छिट्टै अन्तर्राष्ट्रियस्तरको ‘लोरेट एन्ड लिडर’ कार्यक्रम गर्न लागेको बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .