पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ।
साँझ ५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।
जिल्लामा उत्साहजनक रूपमा शान्तिपूर्ण रूपमा मतदान सकिएको हो।
रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन्। मतदाताहरूले जिल्लाभरका २१३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरेका छन्।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार मतपेटिका संकलन गरी गणना स्थलमा पुर्याउने कार्य भइरहेको छ।
मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर सकेसम्म रातिदेखि नै मतगणना शुरू गरिने उनले बताए।
243
Shares

प्रतिक्रिया