लुम्बिनी


रुपन्देहीमा अनलाइन सट्टेबाजीमा संलग्न २० जना पक्राउ, नगदसहित यी सामान बरामद

रुपन्देहीमा अनलाइन सट्टेबाजीमा संलग्न २० जना पक्राउ, नगदसहित यी सामान बरामद

नेपालखबर
चैत २९, २०८२ आइतबार १३:८, बुटवल

रुपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न २० जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएका प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिए।

प्रहरीका अनुसार चैत १९ गते तिलोत्तमा नगरपालिका-७ बाट ९ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका व्यक्ति छन्। उनीहरूको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको छ।

त्यसैगरी चैत २७ गते तिलोत्तमा नगरपालिका-१५, कोटिहवाबाट थप ११ जनालाई पक्राउ गरिएको चन्दले बताए।

पक्राउ पर्नेमा भारतका विभिन्न स्थानका नागरिकसहित रुपन्देहीका एक पुरुष र एक महिला तथा सुर्खेत घर भई हाल रुपन्देही बस्दै आएकी एक महिलासमेत रहेको उनले बताए। उनीहरूको साथबाट २३ बन्डल भारतीय बैंकका चेकबुक, २५ वटा एटीएम कार्ड, ९१ हजार ७२५ रुपैयाँ, भारतीय पासपोर्ट, ३० वटा आधार कार्ड, ६ वटा ल्यापटप, २१ वटा मोबाइल, ३ वटा पेन ड्राइभ, ३ वटा स्ट्याम्प छाप र एउटा राउटर बरामद गरिएको छ।

यस्तै चैत १९ गते तिलोत्तमा-७ बाट पक्राउ परेकाहरुमा बासडिह थाना, मिश्रवलिया गाउँ, उत्तर प्रदेश, बलिया बस्ने ३० वर्षिय प्रदिप गुप्ता, कर्नलगंज थाना, बसेरिया, उत्तर प्रदेश, गोण्डा बस्ने २२ वर्षिय पवन कुमार, बासडिह थाना, मिश्रवलिया, उत्तर प्रदेश, बलिया बस्ने २० वर्षिय सतीश कुमार, हुसेनगंज थाना, मोहुवल बजार, बिहार, सिवान बस्ने २१ वर्षका मनु कुमार सोनी, नैरहवा थाना, बिहार, सिवान बस्ने २१ वर्षका अमर कुमार, उमेरी वेगमगंज थाना, गोण्डा, भारतका २१ वर्षका नर सिंह उमेरी वेगमगन्ज थाना, गोण्डा, भारतका २४ वर्षका राम असिस सिंह, गणपुर थाना, पश्चिम बंगाल, नदिया बस्ने ३१ वर्षका सुदिप तो माझी र हण्डी थाना, बेलहरी, उत्तर प्रदेश, बलिया बस्ने २२ वर्षिय अबिशेष ठाकुर छन्।

यस्तै चैत २७ गते तिलोत्तमा-१५, कोटिहवाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जगदीशपुर, भारत बस्ने २८ वर्षका सन्दीप कुमार, हैदरावाद, तेलङ्गाना, भारतका ४३ वर्षीय एम. डी. हाकिम कुशीनगर, उत्तर प्रदेश, भारतका २६ वर्षका सतेन्द्र सिंह, गोरखपुर, उत्तर प्रदेश, भारतका ३६ वर्षका श्याम सुन्दर, रतनपुर, उत्तर प्रदेश, भारतका २४ वर्षका दीपक पाण्डे, गाजीपुर, उत्तर प्रदेश, भारतका ३२ वर्षीय रियाज अहमद, रसुल्लावाद, कानपुर देहात, भारतका ३५ वर्षको प्रदीप कुमार,१०. भारत दिल्लीकी ३६ वर्षकी तन्नु कुमारी, दिल्ली, भारतकै ३८ वर्षीय राखी झा, ओमसतिया गाउँपालिका-१,रुपन्देही बस्ने ३४ बर्षिय अक्लेश कुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमा-१५, कोटिहवा बसोबास भएकी ३८ वर्षिय सीमा राना रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक चन्दले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको र अनलाइन सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad