कला


'माइतीघर'देखि 'गैरी खेत'सम्म स्वर दिएकी आशा भोसले अस्पताल भर्ना, स्वास्थ्य अवस्था गम्भीर

'माइतीघर'देखि 'गैरी खेत'सम्म स्वर दिएकी आशा भोसले अस्पताल भर्ना, स्वास्थ्य अवस्था गम्भीर

नेपालखबर
चैत २९, २०८२ आइतबार १३:६, काठमाडौँ

‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ र ‘गैरी खेतको शिरै हान्यो’ जस्ता कालजयी नेपाली गीतहरूमा आफ्नो सुमधुर स्वर दिएकी प्रख्यात भारतीय गायिका आशा भोसले अस्पताल भर्ना भएकी छिन्। मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि ९२ वर्षीया भोसलेलाई शनिबार साँझ मुम्बईको ब्रीच क्यान्डी अस्पताल लगिएको हो।

उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। भारतीय मिडियाहरूले पारिवारिक स्रोतलाइ उदृत गर्दै जनाएअनुसार उनलाई विगत केही दिनदेखि छातीमा सङ्क्रमण र अत्यधिक थकानको समस्या देखिएको थियो। उमेरका कारण स्वास्थ्यमा जटिलता थपिएपछि चिकित्सकहरूको सल्लाहमा तत्काल अस्पताल भर्ना गरिएको हो।

उनकी नातिनी जनाई भोसलेले इन्स्टाग्राममार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भनेकी छिन्, ‘मेरी हजुरआमा गम्भीर थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना हुनुभएको छ। अहिले उहाँको अवस्था स्थिर छ र विशेष निगरानीमा उपचार भइरहेको छ। हामी चाँडै नै तपाईंहरूलाई खुसीको खबर सुनाउनेछौँ।’

आफ्नो सांगीतिक करिअरमा १२ सयभन्दा बढी गीत गाएकी भोसलेले नेपाली चलचित्र ‘माइतीघर’ लगायतका थुप्रै गीतहरू मार्फत नेपाली श्रोताको मनमा विशेष स्थान बनाएकी छिन्। उनको स्वास्थ्य लाभको कामना गर्दै संगीत क्षेत्रका व्यक्तित्व र प्रशंसकहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad