लुम्बिनी


लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १६:१४, बुटवल

लुम्बिनी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ। हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो। 

वैशाख १० गते बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए। 

प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

बिहीबार विहान साढे ११ बजे बसेको १६औँ बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेसन अन्त्य सम्वन्धि पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad