बागमती


मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १६:१८, हेटौँडा

बागमती प्रदेशको मुख्यमन्त्री इनद्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त भएका छन्।

बिहीबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो। 

मकवानपुरका खनाल नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को संघीय सभापति समेत हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

पाँच वर्ष स्थानीय तहको नेतृत्व सम्हालेका खनाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए। 

यसअघि कांग्रेस मकवानपुरका सभापति समेत रहेका बुद्ध लामा प्रमुख राजनीतिक सल्लाहकार थिए। गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ को उम्मेदवार बन्न उनले राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad