बागमती


रिफिल गर्ने क्रममा पड्कियो एसी ग्यास सिलिन्डर, एक जनाको मृत्यु, एक गम्भीर घाइते

रिफिल गर्ने क्रममा पड्कियो एसी ग्यास सिलिन्डर, एक जनाको मृत्यु, एक गम्भीर घाइते

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १७:५६, मकवानपुर

चितवनमा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

चितवनको भरतपुर महानगरपालिका-१६ मा रहेको रोयल फार्मासिटी औषधि उद्योगमा एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट  भएको हो।

आज (शुक्रबार) दिउँसो करिब ३ बजे उद्योगको दोस्रो तल्लामा एसीमा प्रयोग हुने काल्टोन फोरटेनए  ग्यास सिलिन्डर रिफिल गर्ने क्रममा विस्फोट भएको चितवन प्रहरीले जनाएको छ।

घटनामा भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुर अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

त्यस्तै पर्साको पर्सागढी नगरपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका छन्। एसीसम्बन्धी प्राविधिक कामका लागि उद्योग पुगेका उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार ग्यास भर्ने क्रममा प्राविधिक समस्या आएपछि सिलिन्डर पड्किएको हुन सक्ने  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यद्यपि विस्फोटको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad