काठमाडौँको जोरपाटीमा प्रहरीले राइफलको गोली भेटिएपछि एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिएको जानकारीअनुसार गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी टेलिकमनजिक डेरा गरी बस्ने ४३ वर्षीय विकास महर्जनलाई एसएलआर राइफलका ६ राउन्ड गोलीसहित पक्राउ गरिएको हो।
उनको घर भने काठमाडौँ महानगरपालिकाकै वडा नम्बर-१, नक्साल ज्यापुटोल हो।
प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले ग्याँस सिलिन्डर चोरीमा संलग्न रहेको आशंकामा महर्जनको डेरा खानतलासी गर्दा गोली भेटिएका हुन्।
पक्राउ गरिएका महर्जनलाई प्रहरी वृत्त बौद्धमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
216
Shares

प्रतिक्रिया