लुम्बिनी


रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित

रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित

नेपालखबर
जेठ २४, २०८३ आइतबार १४:४०, बुटवल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनको मतपरिणामअनुसार सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन्।

सभापति पदका लागि भएको कडा प्रतिस्पर्धामा श्रेष्ठले ११८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत प्राप्त गरे।

अधिवेशनमा विशेष चासोका साथ हेरिएको उपसभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। उक्त पदमा प्रगति रानामगर १२७ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ मत तथा भरत पोखरेलले १४ मत प्राप्त गरेका थिए।

सचिव पदमा देवराज पाण्डे अत्यधिक मतान्तरसहित विजयी भए। उनले १८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी निरज मरासिनीले ४० मत पाए।

नवनिर्वाचित सचिव पाण्डेका अनुसार कुल २३३ मत खसेकोमा ३ मत बदर भएको थियो।

सहसचिव पदमा सागर पाण्डे निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत चयन गरिने रास्वपाले जनाएको छ। दलित महिला सदस्यमा माया नेपाली निर्विरोध निर्वाचित भएकी छन्।

महिला सदस्यका तीन पदका लागि चार जनाको उम्मेदवारी परेको थियो। निर्वाचन परिणामअनुसार माया जिसी १८५ मत र देवकला राना १३३ मतसहित निर्वाचित भएका छन्।

त्यस्तै, दुई पुरुष सदस्य पदका लागि १४ जनाबीच प्रतिस्पर्धा भएकोमा भागवत गिरी ५९ मत र प्रेमबहादुर सुनार ४८ मतसहित विजयी भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad