धनुषाबाट गाेली लाेड गरिएकाे पेस्तोलसहित प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मुजफ्फरपुर–७ साहेबगंज बस्ने वर्ष २९ को राहुल रंजन, वर्ष २० को उज्वल कुमार र वर्ष २६ को संजय कुमार रहेका छन्।
प्रहरीले उनीहरुलाई धनुषा विदेह नगरपालिका–१ महिनाथपरस्थित सिमा नाकामा जनकपुरबाट भारत तर्फ जाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा पेस्तोल फेला पारी पक्राउ गरेको हो।
सहायक प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा रहेको प्रहरी टोलीले बीआर०६एपी३००८ नम्बरको मारुति सुजकी कारलाई चेकजाँच गर्ने क्रममा कारको अगाडि पट्टीको बायाँ साइडको सिट मुनि ‘मेड इन यूएसए’ लेखिएको ७.६५ एमएम राउण्ड थान–१ लोड गरेको पेस्तोल फेला पारेको थियो।
पक्राउ परेका व्यक्तिलाई कार र हतियारसहित आवस्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया