मधेस


खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सुभाष कर्ण
असार २८, २०८३ आइतबार १९:२८, जनकपुरधाम

सिरहाको गोलबजार नगरपालिका ७ को पुरानो चौक चोहर्वामा खाल्डोमा डुबेर एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। 

पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर ती बालबालिकाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्। अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए।

उनी घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका छन्। उनका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो करिब अढाई बजेतिर घरबाट खेल्न निस्किएका थिए।

खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खान बनाइएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको प्रहरीले जनाएको छ। 

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad