ad ad

मधेस


मतदाता नामावली संकलनको समय थप गर्न माग

मतदाता नामावली संकलनको समय थप गर्न माग

शैलेन्द्र महतो
असार ३१, २०७९ शुक्रबार १३:५५, जनकपुरधाम

मतदाना नामावली संकलनका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ। 

मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो।

शुक्रबार मधेश प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीलाई ज्ञापनपत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरूको भीड बढिरहेकाले समय थप गर्न माग गरेको हो।

जनमत पार्टीले पालिका स्तरमा पुगेरसमेत फोटोसहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिएका छन्। 

स्थानीय स्तरमा प्रचारप्रसार नहुँदा धेरै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम लेखाउने कार्यबारे जानकारीसमेत नभएकाले स्थानीय स्तरमा प्रचारप्रसार गर्न पार्टीले माग गरेको साहले बताए।

यसैगरी जनमत पार्टीले मधेश प्रदेशलगायतमा पनि अनलाइन प्रणालीबाट मतदाता नामावली संकल गर्न माग गरेको छ।

नेता साहले भने, ‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिने कुरा हुँदै आएको छ। त्यो पनि गरिनुपर्छ। तर, तत्काल विदेशमा रहेका योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाइनुपर्छ। दूतावास अथवा अनलाइनमार्फत भए पनि विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा समावेश हुनुपर्छ।’

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि मतदाता नामावली संकलन भइरहेको छ। असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ। तर, निर्वाचन कार्यालयहरुमा अहिले पनि मतदाता नामावलीमा नाम लेखाउनेहरुको निकै भीड देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .