ad ad

मधेस


स्वतन्त्रबाट जनकपुरधामको मेयर बनेका मनोज साह नेपाली कांग्रेसमै ‘यु टर्न’

कांग्रेसबाटै गरेका थिए विद्रोह
स्वतन्त्रबाट जनकपुरधामको मेयर बनेका मनोज साह नेपाली कांग्रेसमै ‘यु टर्न’

शैलेन्द्र महतो
साउन २०, २०७९ शुक्रबार १०:३८, जनकपुर

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट निर्वाचित भएका मनोज साह पुनः नेपाली कांग्रेसमै फर्कने भएका छन्। उनलाई पार्टीमा फर्किने वातावरण मिलाउन कांग्रेस नगर समितिले अपिल गरेको छ।

बिहीबार बसेको नगर समितिको बैठकलले मेयर साहलाई पुनः पार्टीमा फर्किइ नगर सभापतिको जिम्मेवारी लिन अपिल गर्ने निर्णय गरेको कार्यवहाक उपसभापति राकेश विक्रम साहले जानकारी दिए। 

कार्यवाहक सभापतिकै अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। मेयर साह पुनः पार्टीमै फर्किने मनस्थितिमा रहेकाले यसको लागि नगर समितिले वातावरण बनाएको हो। 

गत स्थानीय चुनावअघि मेयर साह जनकपुरधाम उपमहानगरकै नगर सभापति थिए। 

पाँँचदलीय  गठबन्धनको भागबण्डामा जनकपुरको मेयर पद जनता समाजवादीको भागमा परेपछि साहले नगर सभापतिबाट राजीनामा दिँदै पार्टी परित्याग गरेका थिए। 

स्वतन्त्रबाट मेयरमा चुनाव जितेका उनले कांग्रेसको ब्यानरमा विजय जुलुस समेत गरेका थिए। 

मेयर साहले १२५ सदस्य नगर समितिबाट १२० जना सहभागी बैठकबाट आफूलाई पुनः पार्टीमा फर्किन र पद ग्रहण गर्न गरेको निर्णयलाई स्वागत गरेको बताए। 

‘म नगर समितिको बैठकको यो निर्णयको स्वागत गर्छु, अब जिल्ला र केन्द्रीय कार्यसमितिको प्रतिवद्धता आउन बाँकी छ,’ उनले भने, ‘म पनि लामो समय सोही संस्थामा संगै काम गरेको छु। अब पार्टीले सम्मान गरे म पनि गर्छु।’

सो नगर कार्यसमितिको बैठकमा मेयर साहलाई बोलाएर सम्मान समेत गरिएको छ। अगामी प्रदेश र संघीय निर्वाचनको तयारीका लागि मेयर साहको भूमिका महत्वपूर्ण भएकाले उनलाई पुनः पार्टीमा यु टर्न गर्न लागिएको बताइएको छ। 

धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि लड्ने तयारी छ। गत स्थानीय चुनावमा पाँच दलीय गठबन्धन भएपनि आन्तरिक रुपमा नेता निधिले साहलाई सघाएका थिए।

याे पनि:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .