ad ad

मधेस


छठका लागि केरा किन्नेहरूको भीड

छठका लागि केरा किन्नेहरूको भीड

जनकपुरधाममा केरा किन्नेको भीड


जयन्त ठाकुर
कात्तिक १२, २०७९ शनिबार १२:१५, जनकपुरधाम

मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वका लागि आवश्यक सामग्रीको जोहो गर्न श्रद्धालुहरू जोडतोडका साथ लागेका छन्। छठ पर्वअन्तर्गत व्रतालुहरू आज खरना विधि गर्दै छन्। 

छठ पर्वमा अनिवार्य रूपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवल लगायतका फल पर्छन्।

अहिले फलफूल बजारमा केरा किन्न आउनेहरूको भीड बढेको छ। छठ पर्वको प्रमुख प्रसादका रूपमा प्रयोग हुने केरा किन्न यतिबेला जनकपुरधामका प्रमुख बजारहरूमा भीड लागेको छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि छठ पर्वका लागि केराको बिक्री बढेको छ। अन्य वर्षहरूमा भन्दा यस वर्ष केरा महँगो भएको छ।  केही साताअगाडि ६० देखि ७० रुपैयाँसम्म प्रतिदर्जन बिक्री हुने केराको मूल्य छठ पर्व नजिकिएसँगै ८०देखि ९० रुपैयाँसम्म पुगेको छ।

यस वर्ष केराको अभाव नरहेको जनकपुरधामस्थित फलफूल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले बताए। उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ५० ट्रक केरा आयात गरिएको थियो भने यस वर्ष ६० ट्रक केरा आयात गरिएको छ’, पूर्वेले भने,  ‘पछिल्लो वर्ष ४ करोड मूल्य बराबरको केरा आयात गरिएको थियो जबकि यो वर्ष ५ करोडको केरा आयात गरिएको छ।’ 

जनकपुरधाम बजारमा भारतका हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट केरा आयात गर्ने गरिएको छ। तर यस वर्ष नवलपरासीको त्रिवेणीबाट केरा बढी मात्रामा आयात गरिएको छ।

भारतबाट झन्डै ३ करोड मूल्य बराबरका केरा आयात गरिएको छ भने नवलपरासीबाट करिब २ करोड रुपैयाँ बराबरको ३० ट्रक केरा छठ पर्वका लागि आयात गरिएको जानकारी अर्का फलफूल व्यवसायी जागेश्वर साहले बताए।

‘भारतको केरा सस्तो भए पनि नेपाल भित्र्याँउदा भन्सार बढी तिर्नुपर्ने भएकाले केराको मूल्य आकाशिएको छ’, साहले भने, ‘भन्सार शुल्क पहिला ७ प्रतिशत मात्रै लाग्थ्यो तर अब भन्सार शुल्क पनि वृद्धि भएको छ।’

छठका लागि केरा किन्न पुगेका रामेश्वर साहले पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताए। उनले भने‘, ‘पहिला–पहिला ३ सय रुपैयाँ केराले पुग्थ्यो, तर यस वर्ष कम्तीमा ५ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनुपरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .