मधेस


संविधान संशोधन अघि नबढाए आन्दोलनमा जाने अध्यक्ष यादवको चेतावनी

संविधान संशोधन अघि नबढाए आन्दोलनमा जाने अध्यक्ष यादवको चेतावनी

नेपालखबर
असार ९, २०८३ मंगलबार २०:५५, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि सरकारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 

मंगलबार जनकपुरधाममा आयोजित धनुषा जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने संविधान संशोधन र संघीयता कार्यान्वयनको मुद्दा सरकार अघि नबढाए सडकमा उत्रिने बताए।

अध्यक्ष यादवले संविधान संशोधन र संघीयताको प्रभावकारी कार्यान्वयन एक दशकदेखि जसपा नेपालको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै यी विषयलाई सरकारले प्राथमिकतामा नराखे पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। 

पछिल्लो पटक सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षा अनुसार परिणाम ल्याउन नसक्नुको प्रमुख कारण आन्तरिक र बाह्य कारण रहेको पार्टीको समीक्षा रहेको जानकारी उनले दिए। जसपा नेपाल प्रदेश सरकारमा रहेको बेला कमी कमजोरी भएपनि प्रदेशको शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे। 

लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको अवस्थामा मधेशमा दुई वटा विश्वविद्यालय स्थापना, मधेश स्वास्थ्य प्रतिष्ठान गठन, प्रदेश भित्रका अस्पतालहरुलाई प्रदेश मातहतमा ल्याउने र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला ल्याब राजधानीदेखि गाउँस्तरसम्म संचालन लगायतका उपलब्धी हासिल गरे पनि त्यसको प्रभावकारी प्रचार प्रसार गर्न नसकिएको गुनासो उनले गरे। 

उनका अनुसार ३७ वर्षदेखि कांग्रेस, एमाले र माओवादी लगायतका दल आलोपालो गरी सरकार चलाएर जनताको अपेक्षा पुरा गर्न सकेन। ती दलहरूसंगको सहकार्यका कारण जसपा नेपाल पनि जनअसन्तुष्टिको प्रभावबाट अछुतो रहन सकेन। 

‘लामो समयदेखि सत्तामा रमाएका पुराना दलहरूसँगको संगतकै कारण जसपा नेपाल पनि जनताको असन्तुष्टिको शिकार पछिल्लो निर्वाचनमा बन्यो,’ उनले भने।

अध्यक्ष यादवले पार्टी विभाजनले जसपा नेपालको शाखमा संकट उत्पन्न गरेको स्वीकार गर्दै उनले अब जनतामाझ पुगेर संघीय गणतन्त्रको रक्षा, संविधान संशोधन र जनअधिकारको मुद्दालाई थप सशक्त रूपमा उठाउन आन्दोलनका लागि जनमत तयार गर्नमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad