ad ad

मधेस


जितको खोजीमा २०७४ मा पराजित २१ नेता, अधिकांश पार्टी फेरेर उम्मेदवार

जितको खोजीमा २०७४ मा पराजित २१ नेता, अधिकांश पार्टी फेरेर उम्मेदवार

जयन्त ठाकुर
मंसिर १, २०७९ बिहिबार १५:१७, जनकपुरधाम

२०७४ सालको प्रदेशसभा निर्वाचनमा पराजित २१ जना उम्मेदवार मंसिर ४ गते हुने निर्वाचनमा जितको खोजीमा छन्।

मधेश प्रदेशको प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रबाट ६, नेपाली कांग्रेसबाट ५, तत्कालिन संघीय समाजवादी पार्टीबाट ४, स्वतन्त्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट २ र एमालेबाट १ जना उम्मेदवारलाई मंसिर ४ गते निर्वाचनमा फेरि अवसर दिइएको छ। 

सप्तरीमा नेपाली कांग्रेसबाट २०७४ मा निर्वाचन लडेका बद्रिनारायण यादव सप्तरी १ (२) बाट फेरि यस पटकको निर्वाचनमा उम्मेदवार छन्।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट लडेर तत्कालिन राजपाका नवलकिशोर साहसँग पराजित भएका सरोजकुमार मण्डल सप्तरी २ (१) मा निर्वाचन लडेका छन्। उनी यस पटक लोसपाका उम्मेदवार हुन्।

जसपाबाट निर्वाचन लडेर पराजित भएका लक्ष्मण यादव यस पटक सप्तरी २ (२) मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

गत निर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र र विभिन्न दलसहितका चुनाव लडे पनि अवसर पाउन नसकेकाहरुमा गत निर्वाचनमा सप्तरी १ (१) मा तत्कालिन राजपाबाट चुनाव लडेका राजकुमार लेखी एमालेका सत्यनारायण मण्डलबाट पराजित भएका थिए। उनी यस पटक एमालेका उम्मेदवार बनेका हुन्। 

सिरहाको क्षेत्र नं. २ (१) बाट गत निर्वाचनमा जसपाका विजय यादवसँग पराजित भएका माओवादीका जीवछ कुमार यादवले फेरि उम्मेदवारी दिएका छन्।

यसैगरी, सिरहाको ३ (१) मा गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव लडेका मनोज कुमार सिंह यसपटक एमालेबाट उम्मेदवार बनेका छन्।

सिरहाकै ४ (१) बाट गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेका प्रकाश महासेठ यस पटक माओवादीबाट उम्मेदवार बनेका छन्।

पर्सा ३ (१) मा माओवादीबाट उम्मेदवार बनेका छोटेलालप्रसाद यादव क्षेत्र नम्बर ३ (२) बाट संघीय समाजवादी पार्टीका प्रह्लाद गिरीसँग पराजित भएका थिए।

यस्तै, पर्सा ४ (१) मा एमालेबाट उम्मेदवार बनेका जयप्रकाश थारु गत निर्वाचनमा कांग्रेसका शंकर प्रसाद चौधरीसँग पराजित भएका थिए।

पर्साको १ (१) मा माओवादीका रहवर अन्सारी यस पटक पनि उम्मेदवार बनेका छन्। गत निर्वाचनमा उनी संघीय समाजवादी पार्टीका जन्नत अन्सारीसँग पराजित भएका थिए।

पर्सा १ (२) मा कांग्रेसबाट उम्मेदवार बनेका रानारायण प्रसाद कुर्मी गत निर्वाचनमा क्षेत्र नम्बर १ (१) बाट अन्सारीसँगै पराजित भएका थिए।

महोत्तरीमा क्षेत्र नम्बर १ (२) बाट गत निर्वाचनमा कांग्रेसका उम्मेदवार बनेका रामश्रेष्ठ महतो यस पटक जसपाबाट उम्मेदवार बनेका छन्।

सर्लाही १ (१) मा रामचन्द्र कुशवाहा गत र यसपटक दुवै निर्वाचनमा माओवादीबाटै उम्मेदवार बनेका छन् भने ४ (१) मा गत निर्वाचनमा राजपाबाट चुनाव लडेका रामबाबु राय यसपटक एमालेबाट उम्मेदवार बनेका छन्।

त्यस्तै महोत्तरी ४ (२) मा यस पटक उम्मेदवार बनेका माओवादीका फकिरा महतो गत निर्वाचनमा क्षेत्र नं. ४ (१) बाट चुनाव लडेका थिए।

रौतहटको १ (१) बाट कांग्रेसका नागेन्द्र साह यस पटक पनि उम्मेदवार बनेका छन्। गत निर्वाचनमा उनी राजपाका बाबुलाल साह कानूसँग पराजित भई तेश्रो स्थान ल्याएका थिए। 

बाराको ३(१) मा जसपाका भरत बहादुर खड्काले पनि उम्मेदवारी दोहर्याएका छन्। उनी गत निर्वाचनमा स्वतन्त्रबाट चुनाव लडेका थिए।

बारा ३ (२) मा कांग्रेसका जयचन्द्र प्रसाद चौरसिया गत निर्वाचनमा संघीय समाजवादी पार्टीका पारसप्रसाद साहसँग पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .