ad ad

मधेस


पत्रकार खत्रीलाई स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार

पत्रकार खत्रीलाई स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार २०:३, सर्लाही

प्रथम स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार जनार्जन खत्रीलाई प्रदान गरिएको छ।

मंगलबार लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाहीको ११औँ वार्षिक साधारण सभाका अवसरमा खत्रीलाई सम्मानपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।

उनलाई महासंघकी केन्द्रीय सदस्य रिंकुकुमारी मिश्रले नगदसहित सम्मानपत्र प्रदान गरिन्। 

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले सामाजिक सद्‌भाव तथा जिल्लाको समग्र विकासको लागि पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएका कारण पत्रकार खत्रीलाई सम्मान गरिएको बताए। पत्रकार खत्री गोरखापत्रका सर्लाही समाचारदाता हुन्।

पूर्व पत्रकार तथा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले २०७६ सालमा ५१ हजार रुपैयाँ सहयोग गरी स्व. गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार  स्थापना गरेका हुन्।

प्रेस काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनका कारण शनिबार रोकिएको साधारणसभा आज आयोजना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .