ad ad

मधेस


जिल्ला विपद व्यवस्थापन समितिलाई ८ लाख दिने प्रदेश सरकारको निर्णय

जिल्ला विपद व्यवस्थापन समितिलाई ८ लाख दिने प्रदेश सरकारको निर्णय

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १५:५७, जनकपुरधाम

मधेश प्रदेश सरकारले शितलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई ८ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ।

चिसोको जोखिम न्यूनीकरणका साथै विपन्न वर्गलाई राहत स्वरुप कम्बल वितरणका लागि प्रदेश विपद् पीडित उद्दार तथा राहत कोषबाट प्रदेशका आठवटै जिल्ला विपद् व्यवस्थापन समितिलाई सो रकम उपलब्ध गराइने निर्णय गरिएको हो। उक्त रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने जनाइएको छ।

विपद् जोखिम न्यूनीकरणका लागि हालसम्म भएका गतिविधिको समीक्षा गर्दा सन्तोषजनक रहेको मूल्यांकन गर्दै आगामी दिनमासमेत विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुबीच समन्वय अभिवृद्धि गरी विपद् जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।

चिसो लगायत विपद्का अन्य घटनाबाट मृत्यु भएका भनी स्थानीय प्रशासन वा प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विवरण बमोजिम प्रदेश विपद् पीडित उद्दार तथा राहत कोषबाट हालसम्म वितरण भएको राहतको समर्थन गर्दै मृत्युसम्बन्धी थप विवरण प्राप्त भएमा मन्त्रालयस्तरीय निर्णयबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति मार्फत राहत वितरणको व्यवस्था मिलाउने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .