मधेस


मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख र उपसभामुखले खाए शपथ

मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख र उपसभामुखले खाए शपथ

जयन्त ठाकुर
माघ ४, २०७९ बुधबार ११:७, सर्लाही

मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले आज बिहान पद तथा गोपनीयताको शपथ खाएका छन्। 

नवनिर्वाचित सभामुख तथा उपसभामुखलाइ प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन्। 

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव,  बिनाविभागीय मन्त्री सरोजकुमार यादवलगायतको उपस्थिति थियो।

मण्डल र इशर मंगलबाल नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावका पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो। 

मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरूको समर्थन थियो। 

प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन्। सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकामा मण्डलका पक्षमा ७४ मत परेको थियो। विपक्षमा २९ मत खसेको थियो। 

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो। विपक्षमा २९ मत खसेको थियो। उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .