ad ad

मधेस


धनुषामा प्रधानाध्यापकलाई विद्यार्थीले दले मोसो, विद्यालयमा तालाबन्दी

धनुषामा प्रधानाध्यापकलाई विद्यार्थीले दले मोसो, विद्यालयमा तालाबन्दी

जयन्त ठाकुर
माघ १८, २०७९ बुधबार १७:२४, जनकपुरधाम

धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीले मोसो दलेका छन्। 

सहिदनगर नगरपालिका वडा नम्बर ७ को जनता मावि धबौलीका प्रधानाध्यापक श्रीप्रसाद यादवलाई बुधबार विद्यार्थीले मोसो दलेका हुन्।

प्रधानाध्यापकलाई मोसो दल्नुका साथै विद्यालयमा ताला समेत लगाएका छन्।

विद्यालयमा प्रधानाध्यापकले भ्रष्टाचार गरेको विद्यार्थी र अभिभावकहरुको आरोप छ।

वडा कार्यालयबाट विद्यार्थीलाई पोशाक वितरण गर्नका लागि छुट्याइएको १ लाख, प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालित प्रयोगशालाको सामान खरिद वापत प्रदेश सरकारले दिएको १५ लाख रुपैयाँको भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन्। 

यसका साथै विद्यालयका लागि आएको ८० लाखको बजेट प्रधानाध्यापककै गैरजिम्मेवारीका कारण फ्रिज भएको, विद्यालयको ल्यापटप र कम्प्युटर व्यक्तिगत प्रयोग गर्दै आएको र पटक–पटक भन्दा समेत अटेर गरेकाले बाध्य भएर कालोमोसो दल्नु परेको विद्यार्थीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .