ad ad

मधेस


विद्यालयको अवस्था बुझ्न गएका युवकमाथी कुटपिट

विद्यालयको अवस्था बुझ्न गएका युवकमाथी कुटपिट

नेपालखबर
फागुन ६, २०७९ शनिबार १९:४, जनकपुरधाम

सर्लाहीको बरहथवामा विद्यालयको अवस्था बुझ्न गएका एक युवकमाथि कुटपिट गरिएको छ।

बरहथवा नगरपालिका वडा नम्बर १० मा रहेको दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयको पढाईको अवस्था बुझ्न गएका स्थानीय २१ वर्षिय कृष्णकुमार चौधरीमाथि कुटपिट गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले चौधरीको टाउकोमाथि कुर्सी प्रहार गर्दा उनको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा १० वटा टाँका लगाइएको छ।

घाइते चौधरीले राजनीतिक पूर्वाग्रह राखेर पूर्वअध्यक्ष यादवले आफूमाथि कुटपिट गरेको दाबी गरेका छन्।

यता, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष यादवले चौधरीसँग सामान्य विवाद मात्र भएको बताए। चौधरी विद्यालयमा आएर अनावश्यक विवाद सिर्जना गरेको यादवले बताए।

स्थानीय भने पूर्वअध्यक्ष यादवले विद्यालयमा आफ्नो अड्डा जमाएर बस्ने गरेको गुनासो गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .