मधेस


बर्दिबास खानेपानीको निर्वाचनमा ठकुरी नेतृत्वको स्वतन्त्र प्यानलै विजयी

बर्दिबास खानेपानीको निर्वाचनमा ठकुरी नेतृत्वको स्वतन्त्र प्यानलै विजयी

बर्दिबासस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमिति।


नेपालखबर
फागुन १६, २०७९ मंगलबार ९:३७, महोत्तरी

महोत्तरीको बर्दिबासस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार भुलनबहादुर सेन ठकुरी  विजयी भएका छन्। 

बर्दिबास खानेपानीको नवनिर्वाचित अध्यक्ष भुलनबहादुर सेन ठकुरी

विभिन्न राजनीतिक दलनिकटका उम्मेदवारलाई हराउँदै संस्थाको नयाँ कार्यसमितिमा ठकुरी नेतृत्वको प्यानलै विजयी भएको हो। 

अध्यक्षमा विजयी हुने ठकुरी बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्रीनिकट मानिन्छन्। क्षेत्रीले आफूनिकट व्यक्तिको स्वतन्त्र प्यानल खडा गरेर चुनावमा प्रतिस्पर्धा गरेका थिए। 

ठकुरीले एक हजार ३६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी चूडामणि पोखरेलले एक हजार २०१ मत मात्रै ल्याएका छन्। 

पोखरेल माओवादी केन्द्रनिकट मानिन्छन्। उनको प्यानलबाट हिमाली माया देउवा मात्रै सदस्य पदमा विजयी भएकी छन्।

ठकुरी नेतृत्वको स्वतन्त्र प्यानलबाटै उपाध्यक्षमा राजेन्द्र विक्रम थापा, सचिवमा उदयबहादुर भण्डारी, कोषाध्यक्षमा भोजप्रसाद फुँयाल विजयी भएका छन्। 

त्यसैगरी सदस्यहरुमा रिंकुकुमारी साह, केशवप्रसाद घिमिरे, हेमकुमारी थापा र बिमाइ तामाङ विजयी भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .