ad ad

मधेस


स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

नेपालखबर
मंसिर १७, २०८० आइतबार १४:२९, सिरहा

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

सिरहाको बरियारपट्टी गाउँपालिका-३, चमारटोलस्थित सीमा इलाकाबाट शनिबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

बरियारपट्टी गाउँपालिका-२, श्रीपुर बस्ने ४२ वर्षीय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा १ हजार दरको ४ सय ९६, ५ सय दरको ६ सय ३ र १ सय दरको २५ वटा नेपाली नोट फेला परेको थियो। उनले उक्त रकम कहाँबाट कुन प्रयोजनको लागि लिएका हुन् भन्ने स्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .