ad ad

मधेस


नारायणी अस्पतालमा पीएनसी वार्ड निर्माण गर्ने त्रिपक्षीय सम्झौता

नारायणी अस्पतालमा पीएनसी वार्ड निर्माण गर्ने त्रिपक्षीय सम्झौता

नेपालखबर
मंसिर १७, २०८० आइतबार २०:३४, काठमाडौँ

वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रसूतिपश्चात् प्रदान गरिने चिकित्सा सेवा कक्ष निर्माण गर्ने आज त्रिपक्षीय सम्झौता भएको छ। 

गर्भवतीको बढ्दो चापका कारण प्रसूति हुने आमा र बच्चालाई राख्न हालको कक्ष पर्याप्त नभएकाले थप २५ शय्याको नयाँ कक्ष निर्माण गर्न नारायणी अस्पताल, वीरगञ्ज महानगरपालिका र जापानको कन्साई नेरोलेक पेन्टबीच सम्झौता भएको हो।

उक्त कक्ष निर्माणको जिम्मा वीरगञ्जमा रहेको कन्साई नेरोलेक पेन्ट लिमिटेडले लिएको छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा कन्साई नेरोलेक पेन्टले रु ४० लाखको लागतमा अस्पतालमा कक्ष निर्माण गर्ने सम्झौता भएको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले जानकारी दिए।

उक्त कक्ष यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न ठेकेदारसँग सम्झौता गरिएको वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए। 

सम्झौतापत्रमा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साह र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्राले हस्ताक्षर गरेका छन्।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अस्पतालमा निर्माण हुने उक्त कक्षको गुणस्तरियतामा कुनै सम्झौता नहुने बताउँदै गुणस्तरीय र बिरामी मैत्री संरचना निर्माण गर्न निर्देशन दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .