ad ad

मधेस


महोत्तरी पुगेर गृहमन्त्रीले लिए मधेसको सुरक्षा रिपोर्टिङ, लागुऔषध र मिटरब्याजविरुद्ध दिए निर्देशन

महोत्तरी पुगेर गृहमन्त्रीले लिए मधेसको सुरक्षा रिपोर्टिङ, लागुऔषध र मिटरब्याजविरुद्ध दिए निर्देशन

नेपालखबर
माघ २५, २०८० बिहिबार ११:४५, महोत्तरी

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिँदै निर्देशनसमेत दिएका छन्।

आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समिक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुख र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ  गरेका थिए। 

रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्र बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए। 

त्यस क्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको जानकारी गृहमन्त्री श्रेष्ठले दिए। 

धार्मिक विषयमा सहिष्णु हुन तर सद्‌भाव भड्किन नदिन  र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए। 

सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए।

मिटरब्याजीका नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्नसमेत उनले निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .