मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सरकारमा नेकपा एमालेसँगको सहकार्य जारी रहने बताएका छन्।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको राजनीतिक समीकरणमा फेरबदल आउने संकेत देखिए पनि मधेस प्रदेश सरकार भने संकटमा नरहेको मुख्यमन्त्री यादवले स्पष्ट पारेका हुन्।
अन्य प्रदेशहरूमा बजेट तथा नीतिगत विषयमा असमझदारी बढ्दा सत्ता समीकरणमा प्रभाव परे पनि मधेस प्रदेशमा भने सत्ता साझेदार दलहरूबीच सुमधुर सम्बन्ध रहेको उनको दाबी छ।
सञ्चारमाध्यममा आएका चर्चाका सम्बन्धमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा हालै मात्र सर्वसम्मत रूपमा बजेट पारित भएको र सत्ता पक्षका तीनवटै दलहरू एकढिक्का रहेको बताए।
उनले सत्ता साझेदार दलहरूबीचको एकता कायम रहेकाले सरकार निरन्तर सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गरे।
Shares

प्रतिक्रिया