ad ad

मधेस


मधेस प्रदेश : बलात्कार मुद्दा दर्ता भएपछि मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव ‘फरार’

मधेस प्रदेश : बलात्कार मुद्दा दर्ता भएपछि मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव ‘फरार’

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १२:२९, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत एकजना उपसचिवविरुद्ध बलात्कार मुद्दा दर्ता भएसँगै फरार भएका छन्। उपसचिव रुपेशकुमार साहमाथि एक महिनाअघि (२०८० चैत्र ३०)नै बलात्कारको मुद्दा दर्ता भएको थियो।  

मुद्दा दर्ता भएयता साह फरार छन्। ती महिलाले दिएको उजुरी गत वैशाख ३ गते दर्ता भएको थियो। 

झण्डै दुई सातादेखि उनी अहिले पनि कार्यालय आउजाउ गरेका छैनन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दीपेन्द्र खरेलका अनुसार, यो घटनामा अनुसन्धान भइरहेको छ। 

ती महिलाले गत माघ १८ गते श्रीमान नभएको बेलामा पहिलो पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्। 

साथै, नशालु पदार्थ खुवाएर आफूलाई जबरजस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साह मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा करिब ५ वर्षदेखि कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .