मधेस


वीरगन्जमा पनि रविको बयान सकियो, भोलि पोखरा फर्काइँदै

वीरगन्जमा पनि रविको बयान सकियो, भोलि पोखरा फर्काइँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १९:२२, वीरगन्ज (पर्सा)

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार पोखरा फर्काइने भएको छ।

आज (मंगलबार) दिनभर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको छ। सरकारी वकिलको रोहवरमा बिहान १० बजे नै बयान लिन थालेको थियो। अपरान्ह साढे २ बजेसम्म बयान चलेको थियो।

वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाईमार्गबाट लगिएको थियो।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ।

लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे जोशीलाई मंगलबार नै पोखरा फर्काइएको छ। उनको बयान सोमबार लिइएको थियो। रविका व्यावसायिक साझेदारसमेत रहेका बन्जाडेलाई आइतबार बेलुका पोखराबाट स्थलमार्ग हुँदै वीरगन्ज लगिएको थियो।

आइतबार जिल्ला अदालत, कास्कीले ४ दिन म्याद थप गरेकाले यस अवधिमा उनीहरूको बयान सक्ने पर्सा प्रहरीको तयारी छ। त्यसपछि उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ।  

लामिछाने कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय, काठमाडौँबाट पक्राउ परेका हुन्। उनलाई त्यसै दिन कास्की लगिएको थियो।

यसबीचमा उनलाई बुटवल, काठमाडौँ र चितवनका सरकारी वकिलसमक्ष उपस्थित गराएर पनि प्रहरीले बयान लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad