मधेस


रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २५, २०८२ शनिबार १४:२७, काठमाडौँ

रौतहटमा शिक्षक नियुक्तिका लागि लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ। 

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार ४ लाख ५० हजार घुस रकमसहित रौतहटको धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादसमेत २ जनालाई नियन्त्रणमा लिइएको हो।

उक्त विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दरखास्त दिएमामा प्रधानाध्यापक सञ्जयले नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएको उनले बताए। 

प्रधानाध्यापक सञ्जय र बिचौलिया अरविन्दलाई घुस रकमसहित पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित होटलबाट शुक्रबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad