मधेस


मधेस प्रदेशमा ७ दलीय मोर्चाको विरोध प्रदर्शन, उपसभामुखले चौरमै चलाइन् प्रदेशसभा

मधेस प्रदेशमा ७ दलीय मोर्चाको विरोध प्रदर्शन, उपसभामुखले चौरमै चलाइन् प्रदेशसभा

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १६:२३, काठमाडौँ

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति र सभामुखविरुद्ध सात राजनीतिक दलले निरन्तर आन्दोलन गर्दै जनकपुरमा प्रदर्शन गरेका छन्। 

उनीहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको र सभामुखले पदीय आचरण विपरीत कदम चालेको आरोप लगाएका छन्। यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवन अगाडि धर्ना दिएका थिए।

पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त गरी भोलिपल्ट होटलमा शपथ गराएकी थिइन्। 

तर सात दलले ७४ सांसदको समर्थन भएको भन्दै धारा १६८(२) अनुसार बहुमत सरकार गठन हुनुपर्ने दाबी गर्दै उपधारा ३ प्रयोग गरिएकोमा आपत्ति जनाउँदै आएका छन्।

यी दलहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय आचरण विपरीत काम गरेको आरोप लगाउँदै अविश्वास प्रस्ताव दर्ता गराएका छन्। अविश्वास प्रस्ताव लैजाने क्रममा सांसदमाथि हातपात समेत भएको थियो। त्यसपछि सभामुख मण्डलले ५ सांसदलाई पदमुक्त गरेका थिए, जसले राजनीतिक तनाव झन् बढाएको छ।

सरकार गठन र सभामुखको निर्णयहरूको विरोधमा ७ दलीय मोर्चाले शनिबार पनि जनकपुरमा शक्ति प्रदर्शन गरेको छ।

यसैबीच, उपसभामुख बबिताकुमारी राउतले सभामुखमाथि अविश्वास प्रस्ताव दर्ता भइसकेकाले प्रक्रिया अघि बढाउन चौरमै प्रदेशसभा बैठक संचालन गरेकी छन्। 

उनले अविश्वास प्रस्ताव दर्ता भएपछि सभामुखले सांसदहरूलाई पदमुक्त गर्न नपाइने स्पष्ट गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad