मधेस


हिमाल, पहाड र तराईको नाममा विभाजन गर्नेहरू अब किनारा लाग्छन्: लामिछाने

हिमाल, पहाड र तराईको नाममा विभाजन गर्नेहरू अब किनारा लाग्छन्: लामिछाने

नेपालखबर
फागुन १३, २०८२ बुधबार १५:४४, जनकपुरधाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश विभाजन गर्नेलाई जनताले नस्वीकार्ने बताएका छन्। 

देश दौडाहामा निस्केका सभापति लामिछानेले बुधबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजापाठ पश्चात मन्दिर बाहिरै मतादताहरूलाई सम्बोधन गर्दै उनले उनले पहाड, हिमाल र तराईको नाममा विभाजन गर्नेहरूको दोकान अब बन्द हुनेबताए। 

‘हिमाल, पहाड र तराईको नाममा देश विभाजन गर्ने नेताहरूलाई अब जनताले स्वीकारर्ने छैनन्’ लामिछानेले भने, ‘पहाड, हिमाल र तराईको कुरा नभई सिंगो नेपालको कुरा मात्रै हुनेछ।’ 

सभापति लामिछानेले अहिले इतिहास लेख्ने समयमा देश विभाजन गर्नेहरूलाई किनारा लगाउन आग्रह गरे।

‘यसअघिको निर्वाचनमा हामीले सुशासनको नारा दिएपनि विभेदविरुद्धको आवाज उठाउन चुक्यौँ, तर यस पटकको निर्वाचनमा सुशासन र भ्रष्टाचारसँगै विभेदविरुद्धको आवाजलाई पनि बुलन्द बनाएर अघि बढनेछौँ’ उनले भने। 

जानकी मन्दिरलाई साक्षी राख्दै उनले जनकपुरधामको विकासका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, बहुप्रतिक्षित राम जानकी बहुउद्देश्य रंगशाला बनाएर दिने र मन्दिरका जग्गा कब्जा गर्नेहरुलाई खोजी खोजी कारबाही गर्ने चेतावनी दिए। 

उनले भने, ‘जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत नारा वर्षौंदेखि हामीले सुन्यौँ, तर अब त्यो सपना हामी रास्वपाले साकार पार्नेछौं, जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला चुनावी नारामै सीमित भएको देख्यौँ अब ती सबै पूरा गर्ने समय आएको छ, रास्वपाको सरकार बने त्यो सपना पनि साकार पार्नेछौँ।’ 

उनले सबै अतिक्रमित जग्गालाई अतिक्रमण मुक्त गराई अतिक्रमणकारीहरूलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनेछौं। 

त्यसक्रममा उनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग भेटघाट समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad