मधेस


नेकपा मधेस प्रदेश दलको नेता बने भट्टराई

नेकपा मधेस प्रदेश दलको नेता बने भट्टराई

सुभाष कर्ण
चैत ४, २०८२ बुधबार २०:५७, जनकपुरधाम

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेश प्रदेसको चौथो ठूलो दल बनेको छ। यसअघि जनमत पार्टी चौथो ठूलो पार्टी रहेकोमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र एकीकृत बनेपछि बनेका नेकपा चौथो ठूलो दल बनेको हो। 

तत्कालीन माओवादी केन्द्रको ७ एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीको १ सिट सहित मधेसमा नेकपाको १५ सिट पुगेको छ। 

२०७९ को निर्वाचन परिणाम अनुसार माओवादीको ९ सिट थियो। तर पछिल्लो पटक सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन संसदीय दलका नेता समेत रहेका भरत साहले प्रदेश सभा सदस्यबाट राजीनामा र रहबर अन्सारीले दल त्यागेपछि माओवादी केन्द्र ७ सिटमा सिमित भएको हो। 

यता साह राजनीमा दिएपछि उनको ठाउँमा संसदीय दलको नेतामा युवराज भट्टराईलाई चयन गरिएको छ। साह प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी ४ बाट पराजित भएका थिए। अन्सारी भने बारा ४ मा रास्वपाबाट जित हात पार्दै प्रतिनिधि सभा सदस्य बनेका छन्। 

यसअघि भट्टराई माओवादी केन्द्रको दलका उपनेता थिए। मधेस प्रदेश सरकारमा नेकपाले अहिले ३ वटा मन्त्रालय सम्हालिरहेको छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा अहिले ६ सिट रिक्त रहेको छ। प्रतिनिधि सभामा चुनाव लड्न पूर्वमुख्यमन्त्री सतिश सिंह, सभामुख रामचन्द्र मण्डल, पूर्वमन्त्री भरत साह, पूर्वराज्यमन्त्री रहबर अन्सारीले राजीनामा दिएका थिए भने अभिराम शर्मा र सरोज सिंह निलम्बनमा छन्। 

हाल मधेश प्रदेशसभामा एमालेको २४, कांग्रेसको २२, जसपा नेपालको १९, नेकपा १५, जनमतको १२, लोसपाको ८, नेपाल संघीय समाजवादीको १ सिट रहेको छ। केन्द्रमा लोसपा र जसपा एकीकृत भएपनि प्रदेशमा समायोजन भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad