मधेस


मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै

मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै

नेपालखबर
जेठ १३, २०८३ बुधबार १८:७, जनकपुरधाम

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम शुक्रबार (जेठ १५ गते) ल्याउने भएको छ। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रदेशसभा सचिवालयले जनाए अनुसार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गर्नेछन्।

यस पटकको बजेटका लागि नीति तथा कार्यक्रममै स—साना टुक्रे योजनाहरू निरुत्साहित गरिएको छ। नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले स—साना टुक्रे योजनाहरू निरुत्साहित गरी एक करोडभन्दा माथिको बहुवर्षीय, गौरवको योजना र मझौला योजनाहरूमा जोड दिइएको छ। 

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘अन्य वर्षको तुलनामा यस वर्ष फरक किसिमको आवश्यकता र क्षमताको आधारमा तयार पारिएको हो। आउँदो नीति तथा कार्यक्रममा रोजगार सिर्जना, गरीबी न्यूनीकरण, जिडीपी वृद्धि, आर्थिक र सामाजिक विकासका योजनामा प्राथमिकता दिइएको छ।’ 

बजेटमा समेटन सकिने कृषि उत्पादन, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक आवश्यकताका योजनाहरुमा बढी जोड दिइएको सिंहले जनाए।

पछिल्ला वर्षहरुमा नीति तथा कार्यक्रमभन्दा बजेट आउने गरेको देखिएको छ, यस पटक पनि त्यसै हुने हो कि भन्ने प्रसँगमा सिंहले भने ‘आउँदो नीति तथा कार्यक्रम मन्त्रिपरिष्दको बैठकबाट के कस्ता विषयमा समेट्ने छलफल गरी नै तयार पारिएको छ। तर पछिल्ला वर्षहरूमा यस्तो हुने गरेको थिएन। विना छलफल नीति तथा कार्यक्रम ल्याउँदा बजेट फरक हुन जान्थ्यो। यस पटक त्यस्तो हुँदैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad