ad ad

मधेस


कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन जनकपुरधाममा सुरु

कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन जनकपुरधाममा सुरु

नेपालखबर
पुस ५, २०८० बिहिबार १४:४३, जनकपुरधाम

नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन जनकपुरधाममा सुरु भएको छ। जनकपुरको तरहुतिया गाछीमा आयोजित सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन्।

सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापालगायत नेताहरू जनकपुर पुगेका छन्।

सम्मेलनमा बन्द सत्र भने शुक्रबार बिहान सुरु हुनेछ। उद्घाटन समारोहमा मधेसका आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी भएका छन्।

बन्द सत्रमा मधेसका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधिले भाग लिने र राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमा छलफल हुने कांग्रेसले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .