खेल


सुपर लिगमा अनुशासन : विकेश कुथु र रविन्द्र शिलाकारलाई जरिवाना र प्रतिबन्ध

सुपर लिगमा अनुशासन : विकेश कुथु र रविन्द्र शिलाकारलाई जरिवाना र प्रतिबन्ध

नेपालखबर
पुस ५, २०८० बिहिबार १४:४३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को अनुशासन समितिले स्पोर्टिङ इलामका गोलरक्षक विकेश कुथु र ललितपुर सिटी एफसीका रविन्द्र शिलाकारलाई कारबाही गरेको छ। 

गत मंसिर २७ गते वीरगन्ज युनाइटेडविरुद्धको खेलमा खेल भावनाविपरीतको कार्य गरेको भन्दै कुथुलाई कारबाही गरेको हो। 

यसअनुसार कुथुलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। 

इलामलाई २–१ ले हराउँदै वीरगन्ज युनाइटेडले लिगमा पहिलो जित निकालेको थियो। निर्धारित ९० मिनेटमा बराबरी भएको खेलको इन्ज्युरी समयमा वीरगन्जले पेनाल्टीमा गोल गरेको थियो। 

इन्ज्युरी समयको पाँचौँ मिनेटमा विलियम ओपुकुको पेनाल्टीमा गोल गरेको थियो। पेनाल्टीका लागि विवाद हुँदा इलामका गोलकिपिङ प्रशिक्षक उज्वल मानन्धरले रातो कार्ड पाए। 

खेल सकिएपछि पेनाल्टीकै विषयमा विवाद हुँदा खेल मैदान केहीबेर तनावग्रस्त बनेको थियो। जसमा रेफ्रीले इलामका गोलरक्षक विकेश कुथुलाई रातो कार्ड दिएका थिए। 

यस्तै पुस ३ गते स्पोर्टिङ इलामविरुद्धको खेलमा अनुशासनविपरीतको काम गरेका ललितपुर सिटी एफसीका रविन्द्र शिलाकारलाई पनि कारबाही गरेको छ। 

इलामविरुद्धको खेलको पहिलो हाफ सकिएपछि शिलाकारले रेफ्री सुरोजित दासमाथि जातीय विभेद र अभद्र व्यवहार गरेका थिए। शिलाकारलाई यो सिजनको एनएनएलका गतिविधिबाट प्रतिबन्ध लगाएको छ। शिलाकारलाई २० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ। 

उनीहरुको यो जरिवाना रकम क्लबले नभई व्यक्ति स्वयंलाई नै तिर्न एनएसएलको अनुशासन समितिले निर्णय गरेको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका निदेर्शक श्रेयांस कार्कीले बताए। 

साथै आयोजक कमिटीले अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसासन समितिलाई पनि छानविनका लागि औपचारिक आग्रह गरेको थियो। 

एनएसएल आयोजकले लिगमा सहभागी नौ क्लबलाई नै फेयर प्ले का लागि आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .